काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.५० रुपैयाँ र बिक्रीदर १४०.१० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७० रुपैयाँ र बिक्रीदर १४०.३० रुपैयाँ कायम थियो ।
आज यूरो र पाउण्डको मूल्य भने बढेको छ । आज एक यूरो खरिददर १४५.७८ रुपैयाँ र बिक्रीदर १४६.४१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १४४.९५ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ कायम थियो । आज एक पाउण्डको खरिददर १७६.४७ रुपैयाँ र बिक्रीदर १७७.२३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७५.७२ रुपैयाँ र बिक्रीदर १७६.४८ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२५ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.९९ रुपैयाँ र बिक्रीदर ३८.१५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१३ रुपैयाँ र बिक्रीदर १९.२१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२४ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५१.७९ रुपैयाँ र बिक्रीदर ४५३.७४ रुपैयाँ कायम भएको छ ।