आईतवार, फाल्गुन १०,२०८२ 06:26:11
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 06:26:11
Bizshala
Global IME Bank Limited

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता

नवनियुक्त इटालियन राजदूतद्वारा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालसँग भेटवार्ता
Shivam Cement

काठमाण्डौ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत महामहिम एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गर्दै दुई देशबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवद्र्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल गरेका छन् ।

उक्त बैठकमा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेश काजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकले नेपाल र इटालीबीच आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ गर्ने अवसरहरूको खोजी गर्न महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गरेको जनाइएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

छलफलको मुख्य विषयहरू द्विपक्षीय व्यापार प्रवद्र्धन, व्यवसायिक सञ्जाल विस्तार, तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषयहरू थिए । महामहिम राजदूत एन्तोनियो बार्तोलीले पर्यटन, पूर्वाधार, तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता व्यक्त गरे । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारीहरू प्रवद्र्धन गर्ने संस्थाको भूमिकालाई पुनः पुष्टि गरे ।

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैठक नेपाल र इटालीबीचको सम्बन्धलाई आगामी वर्षहरूमा रणनीतिक पहलहरू तथा सहकार्य पूर्ण कार्यक्रमहरू मार्फत थप सुदृढ गर्ने साझा प्रतिबद्धताका साथ सम्पन्न भयो ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.