काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
कम्पनीका बीमितहरुले लिएका बीमालेख अन्तर्गत क्षती भई पुस मसान्तसम्ममा कम्पनीमा बीमित वा निजका प्रतिनिधि मार्फत दाबी पर्न आइ हालसम्म पनि दाबी भुक्तानी हुन नसकेका ग्राहकहरुलाई कम्पनीको केन्द्रीय वा आफुलाई पाएक पर्ने शाखा कार्यालयमा सम्पर्क गरि दाबी भुक्तानीका लागि आवश्यक कागजात सम्बन्धित सर्भेयर वा कार्यालयमा बुझाउन कम्पनीले सूचनामा उल्लेख गरेको छ ।
सूचनाको प्रकाशित भएको ३५ दिनभित्र आफनो दाबी फछर्यौट गराई दाबी फरफारक गर्न उल्लेख गर्दै कम्पनीले निर्धारित मितिसम्म पनि कम्पनीको सम्पर्कमा नआउने ग्राहकहरुको हकमा कम्पनीमा पर्न आएको दाबी भुक्तानीसम्बन्धी प्रकृया अघि नबढाउने कम्पनीले स्पष्ट पारेको छ । २०८१ पुस सम्ममा पर्न आएको बीमा दाबीको विवरण कम्पनीको वेभसाइटमा हेर्न सकिने छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।