काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
कम्पनीबाट जारी गरिएका विगतका आर्थिक वर्षहरुदेखि आव २०८१/८२ माघ मसान्तसम्म परेको दाबीहरुको निवेदन प्राप्त भएको र हालसम्म दाबी फछ्यौट प्रक्रियाका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको लामो समय देखी दाबी भुक्तानी बाँकी रहेको कम्पनीले जनाएको छ ।
यसर्थ दाबी फछ्यौटका लागि आवश्यक कागजात (कोभिड दाबी बाहेक) सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको केन्द्रिय कार्यालय र सम्बन्धित सर्भेयरलाई सम्पर्क गरी आफ्नो बीमा दाबीको सम्बन्धित कागजात बुझाई दाबी फछयौट कार्यमा सहयोग गरिदिन कम्पनीले आग्रह गरेको छ ।
सूचना गाएको ३५ दिन भित्र दाबीसम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्तो सबै दाबी फाइल बन्द गरि तामेलीमा राखिने कम्पनीले जनाएको छ ।