शनिबार, असार १४,२०८२ 02:39:53
  • शनिबार, असार १४,२०८२ 02:39:53
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश पारित हुने

Hyundai Nepal
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज बस्दै, लाभांश पारित हुने
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको  साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको ३१ औं साधारण सभा आज काठमाण्डौको शंखमुलमा रहेको अनमोल ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ८.७५ प्रतिशत  नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धीत अनुसूचीहरु पारित गर्ने र चालु आवका लागि बाह्य लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत फागुन १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरु मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.