बुधबार, चैत्र ५,२०८१ 06:34:15
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 06:34:15
IME remit
Global IME Bank Limited

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्दै पर्यटन बोर्ड

Hyundai Nepal
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्दै पर्यटन बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । आगामी शुक्रबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा उक्त महोत्सव गर्ने भएको हो ।

यो महोत्सव २०७१ चैत ७ गतेदेखि २०८२ वैशाख २९ गतेसम्म युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी र वरपरका सहरहरूमा आयोजना हुने नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रको रूपमा प्रवर्द्धन गर्नुका साथै नेपाल, चीन र अन्य राष्ट्रहरूबिच सांस्कृतिक, खेलकुद, धार्मिक र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन दिन महोत्सव आयोजना गरिएको बोर्डले जनाएको छ ।

Shivam Cement
Bizshala
CG Motors

चैत ७ गतेदेखि सुरु हुने यस महोत्सवमा चैत ८ गते मायादेवी मन्दिर बाहिरको पवित्र उद्यानमा १०० भिक्षु र ४०० साधकहरूको सहभागितामा ध्यान सत्र सञ्चालन हुनेछ । चैत ९ गते खेलकुद र विकासका लागि अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यसबिचमा लुम्बिनी शान्ति साङ्गीतिक कार्यक्रम, झोंग हुआ गुम्बाको २५औँ वार्षिकोत्सवको अवसरमा फोटो प्रदर्शनी, बुद्ध दीक्षा समारोहलगायतका विविध कार्यक्रम गर्ने र वैशाख पूर्णिमाको दिन विशेष समापन समारोह हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस महोत्सवलाई लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक समिति, युनान माउन्टेनियरिङ तथा आउटडोर स्पोट्र्स सङ्घ, केजी एच ग्रुप, भिभो, दीपल, बुद्ध एयर जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्ने छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.