शनिबार, जेष्ठ २,२०८३ 05:02:08
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:02:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु बिक्री

Laxmi Sunrise Bank Limited
‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु बिक्री
Shivam Cement

काठमाण्डौ । माछापुच्छ«े बैंक कोष प्रबद्र्धक रहेको तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको ‘एमबीएल इक्विटी फण्ड’का सम्पूर्ण इकाइहरु आवेदन बन्द हुने मितिको अन्तिम दिनको कार्यालय समय सकिनु अगावै पूर्ण रुपमा बिक्री भएका छन् । गत फागुन २२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको एमबीएल इक्विटी फण्डको अन्तिम आवेदन चैत ७ गतेसम्म तोकिएको थियो ।  

Bizshala
New Office
CG Motors

एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी प्रकृतिको एमबीएल इक्विटी फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याइएको थियो । यस फण्डले बिज पूँजीवापत १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रबद्र्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक कम्पनी माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस इक्विटी फण्डमा उत्साहजनक सहभागिता जनाई योजनाको निष्कासनलाई सफलतापुर्वक सम्पन्न गराउन सहयोग गरेकोमा लगानीकर्ताहरु का साथै यस निष्कासनलाई सहयोग गर्नेे नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, मिडियाकर्मी लगायत अन्य सम्बन्धित निकायहरु एवं शुभचिन्तकहरुलाई कोष प्रबर्धक माछापुच्छ«्रे बैंक एंव कोष व्यवस्थापक माछापुच्छ्रे क्यापिटल लिमिटेडले ,धन्यवाद ज्ञापन गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.