बिहीबार, बैशाख ११,२०८२ 09:29:17
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 09:29:17
IME remit
Global IME Bank Limited

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ घोषणा, आकर्षक छुट तथा अफरहरूको बहार !

Hyundai Nepal
दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२ घोषणा, आकर्षक छुट तथा अफरहरूको बहार !
Nabil Bank Limited

काठमाण्डौ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुटसहितको आश्चर्यजनक फ्ल्याश सेल, रु. १ करोडबराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशतसम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

४.४ सेल अवधि भर  डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविधा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी ९ वटा बैंकहरूसँग सहकार्य गरेको छ । किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५ प्रतिशत (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन् ।  

यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको  छ । साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न सकिनेछ । ४.४ नव वर्ष उत्सवको अवधि भर,  कम्तीमा रु. ५ हजारबराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९ हजार ९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनेछन्  । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले रु. १० हजार ३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।  

Muktinath Bikas Bank Limited

४.४ नव वर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५ हजारबराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नेछन् भने, एकजना ग्राहकले रु. १२ हजारबराबरको ग्लेन एयर फ्रायरप्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १० हजारबराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै, रु. १ लाख भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १० हजारसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.