बिहीबार, कार्तिक १९,२०८३ 02:45:55
  • बिहीबार, कार्तिक १९,२०८३ 02:45:55
Global IME Bank Limited

बिमस्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाईल्याण्ड प्रस्थान

Bizshala
बिमस्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाईल्याण्ड प्रस्थान
New Office

काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक) को छैठौंं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसंगै थाईल्याण्ड गएको छ । निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुन प्रसाद शर्मा प्रधानमन्त्री ओलीसंगै आज थाईल्याण्ड गएका हुन् ।  

थाईल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय व्यापार सहजिकरण, पर्यटन प्रवद्र्धन, लगानी अभिवृद्धि लगायतका विषयमा समझदारी एवं सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झौताको तयारी समेत भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्रीसँगै चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ । थाईल्याणको निजी क्षेत्रसंग दुईपक्षीय व्यापार सहजिकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।  

Garima Development Bank
Bizshala
IME remit

नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रवद्र्धन गर्दै संयुक्त रुपमा बजार प्रवद्र्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ । चेम्बर पदाधिकारी टोली आगामी २२ गते स्वदेश फर्किने छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.