शनिबार, भाद्र ७,२०८२ 10:57:20
  • शनिबार, भाद्र ७,२०८२ 10:57:20
Global IME Bank Limited

आठ महिनामा १०.५१ खर्ब रेमिट्यान्स भित्रियो

Hyundai Nepal
आठ महिनामा १०.५१ खर्ब रेमिट्यान्स भित्रियो
Shivam Cement

काठमाण्डौ । नेपालको विप्रेषण आप्रवाह(रेमिट्यान्स) १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरको ८ महिनासम्मको तथ्यांकमा यस्तो देखिएको हो ।  

फागुनसम्म देशमा भित्रिएको रेमिट्यान्स गत असार महिनाको तुलनामा ९.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको

सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो। 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.