साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स, २१.२ प्रतिशत वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो।अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १...

