आईतवार, फाल्गुन १०,२०८२ 09:57:26
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 09:57:26
Bizshala
Global IME Bank Limited

५ महिनामा रु.८.७० खर्ब रेमिट्यान्स भित्रियो

५ महिनामा रु.८.७० खर्ब रेमिट्यान्स भित्रियो
Shivam Cement

काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्टस) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच पहिनामा रेमिट्यानस ३५.६ प्रतिशतले बृद्धि भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा मात्रै विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.