बुधबार, श्रावण ६,२०८३ 03:40:34
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:40:34
Bizshala
Global IME Bank Limited

वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा सरोकारवालाहरूको जोड

वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन  र थप डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा सरोकारवालाहरूको जोड
New Office

काठमाण्डौ । रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिट्यान्स भित्र्याउने र रेमिट्यान्सलाई थप डिजिटाइजेशनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा  नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिट्यान्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिट्यान्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाण्डौमा सम्पन्न कार्यशालामा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले रेमिट्यान्स आप्रवाह बढिरहेको र यसले अर्थतन्त्र सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । वैधानिक तवरले रेमिट्यान्स भित्र्याउन र रेमिट्यान्सलाई डिजिटाइजेसनमा लैजान सबैले पहल गर्नुपर्ने र त्यसका लागि  राष्ट्र बैकंले   नेपाल मुद्रा विप्रेषक सङ्घसँग मिलेर सहकार्य गर्न तयार रहेको पनि कार्यवाहक गभर्नर ढुङ्गाना उल्लेख गरे।  

यसैगरी, राष्ट्र बैंकको  विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेले रेमिट्यान्स क्षेत्रका प्रतिस्पर्धी संस्थाहरूले  एकआपसमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र अनुमतिपत्र समयमै नविकरण गराएर कारोबार नियमिततापूर्वक गर्न आग्रह गरे । रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि राष्ट्र बैंक तयार रहेको  पनि कार्यकारी निर्देशक घिमिरेले उल्लेख गरे ।

राष्ट्र बैंक, गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले राष्ट्र बैंकले निर्दिष्ट गरेका नियम कानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न रेमिटेन्स कम्पनीहरूलाई सुझाव दिए । राष्ट्र बैंकको गैर—बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले पनि रेमिटेन्सको समसामयिक विषयमा रहेर आफ्ना भनाइहरु राखे ।

सो अवसरमा नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूले स्वस्थ प्रतिस्पर्धा गरेमा रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चिति बढ्ने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आम्दानीमा वृद्धि भई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले यसमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।  

उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले पनि रेमिट्यान्स सेवामा देखिएका  समसामयिक विषयमा आ–आफ्नो भनाई राखेका थिए ।  कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको वर्तमान अवस्था र रेमिट्यान्स कम्पनी र नियामक निकायबाट गर्नुपर्ने सुधारका विषयमा धारणा व्यक्त गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.