शनिबार, असार १४,२०८२ 07:11:52
  • शनिबार, असार १४,२०८२ 07:11:52
Global IME Bank Limited

६ महिनामा भित्रियो ७.६३ खर्ब रेमिट्यान्स

Hyundai Nepal
६ महिनामा भित्रियो ७.६३ खर्ब रेमिट्यान्स
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको पहिलो ६ महिनामा देशमा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ विप्रेषण आप्रवाह(रेमिट्यान्स)भित्रिएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।  

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.