शनिबार, असार १४,२०८२ 07:16:47
  • शनिबार, असार १४,२०८२ 07:16:47
Global IME Bank Limited

९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

Hyundai Nepal
९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो
Nabil Bank Limited

काठमाण्डौ । चालु आवको ९ महिनासम्ममा झण्डै १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा रेमिट्यान्स १० प्रतिशतले बृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पु्गेको हो ।  

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३,५८,२२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २,४९,६५२ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३,२७,८४२ र २,११,२२६ रहेको थियो ।

सो अवधिसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर( रु.१३०१ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११७४ अर्ब ५४ करोड रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.