Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 09:05:00
Bizshala
Global IME Bank Limited

चार महिनामा रु.६.८७ खर्ब रेमिट्यान्स भित्रियो

Hyundai Nepal
चार महिनामा रु.६.८७ खर्ब रेमिट्यान्स भित्रियो
Shivam Cement

काठमाण्डौ । चालु आवको ४ महिनासम्ममा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेमिट्यान्स ३१.४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो । २०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह १ खर्ब ३३ अर्ब ८२ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह  १ खर्ब १४ अर्ब ३१ करोड रहेको थियो ।

CG Motors
Bizshala
Garima Development Bank

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,४५,९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,२७,८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,४७,४७८ र ९४,१०५ रहेको थियो ।

 

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.