शनिबार, असार १४,२०८२ 07:40:49
  • शनिबार, असार १४,२०८२ 07:40:49
Global IME Bank Limited

४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स

Hyundai Nepal
४ महिनामा ९.१% ले बढ्यो रेमिट्यान्स
Nabil Bank Limited

काठमाण्डौ । देशमा ४ महिनाको अवधिमा विप्रेषण आप्रवाह(रेमिट्यान्स) ९.१ प्रतिशतले वृद्धि र्भको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो ।  

समीक्षा अवधिमा देशमा ५ खर्ब २१ अर्ब ६३ करोडबराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) .५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७  हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.