बिहीबार, असार १२,२०८२ 06:47:40
  • बिहीबार, असार १२,२०८२ 06:47:40
Global IME Bank Limited

प्रचण्ड र पूर्वराजाप्रति क्रूद्ध एमाले: सचिवालय बैठकले दियो यस्तो चेतावनी

Hyundai Nepal
प्रचण्ड र पूर्वराजाप्रति क्रूद्ध एमाले: सचिवालय बैठकले दियो यस्तो चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्वत २०८२ मा नयाँ सरकार बन्ने दाबी गरिरहेको बेला एमालेले त्यसको खण्डन गरेको छ ।  

नेपाली कांग्रेससँगको सहकार्यमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सोमबार ललितपुरस्थित च्यासलमा रहेको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्ला सत्य नरहेको दाबी गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष्ँ प्रचण्डले फेरि पनि सरकार परिवर्तनको हल्ला चलाएका र यसमा प्रचण्डको सरकारबाहिर रहनुपर्दाको कुण्ठा बाहेक केही नरहेको आरोप लगाए । 'जसरी उहाँले आधारहीन हल्ला चलाइरहनुभएको छ, यसले उहाँमा सरकारमा नरहँदाको एकखालको कुण्ठा, एक खालको पीडाबोध प्रकट भएको देखिन्छ ।' ज्ञवालीले भने-' हल्ला चलाइएजस्तो अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन । सत्ता परिवर्तनको न त औचित्य छ न सान्दर्भिकता नै ।'  

उनले प्रचण्ड सत्ताभन्दा बाहिर रहनुपर्दा छटपटीमा रहेको र सत्तामोहका कारण सरकार परिवर्तनको हल्ला चलाउँदै हिँडेका समेत दाबी गरे । 'यो सबै प्रचण्डजीको सत्ताप्रतिको आशक्ति मात्र हो । उहाँले भ्रम सिर्जना गर्नेबित्तिकै सरकार परिवर्तन हुँदैन ।' ज्ञवालीले भने-'आजको बैठकले यस्ता हल्लाको खण्डन गरेको छ भने सरकारविरुद्ध हुने षड्यन्त्रहरु चिरेर जानुपर्नेमा जोड दिइएको छ ।' 

पूर्वराजाको अभिव्यक्तिप्रति आपत्ति

यस्तै, एमालेको च्यासल बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा जारी गरेको सन्देशप्रति आपत्ति प्रकट गरेको छ । तीनकुने घटनामा पूर्वराजालाई जिम्मेवार बनाइनुपर्ने आवाज उठिरहेकै बेला बसेको एमाले बैठकले गरेको निर्णय सुनाउँदे ज्ञवालीले भने-‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझैपनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धीलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ। त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो, लुटपाट, तोडफोड त्यस्तै जागरण हो भने त्यो आपत्तिजनक हो ।’

बैठकले गणतन्त्रविरोधी कुनै पनि गतिविधि नगर्न नगराउन पूर्वराजालाई सचेत गराएको छ । गतिविधि जारी राखे त्यो अस्वीकार्य हुने एमालेले पूर्वराजालाई चेतावनी समेत दिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.