बुधबार, आश्विन २८,२०८३ 09:26:42
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:26:42
Bizshala
Global IME Bank Limited

बलेफी हाइड्रोको सेयर १०% घटेर २ अर्ब माथिको कारोबार, कसले किन्यो कसले बेच्यो ? यस्तो छ भित्रि रहस्य

Bizshala
बलेफी हाइड्रोको सेयर १०% घटेर २ अर्ब माथिको कारोबार, कसले किन्यो कसले बेच्यो ? यस्तो छ भित्रि रहस्य
New Office

काठमाण्डौ । आज नेप्सेमा बलेफी हाईड्रो पावर कम्पनीको उच्च कारोबार भएको छ । आज नेप्सेमा यो कम्पनीको मात्रै २ अर्ब १ करोडमाथिको कारोबार भएको छ ।  

यो भनेको कुल कारोबारको झण्डै २५ प्रतिशत हुन आउछ । यो कम्पनीले आज उच्च कारोबार  उच्च  भोल्युम  र उच्च गिरावट गरेर ३ वटा रेर्कड बनाएको छ ।

यो कम्पनीको आज एकै दिन ८७ लाख कित्ता सेयर कारोबार भएको छ ।  

कम्पनीको सेयरमा बिक्री दबाब पर्दा सेयरमूल्यमा समेत उच्च गिरावट आएको छ । कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९ पतिशतले घटेर प्रतिकित्ता २२९.७० रुपैयाँमा खुम्चिएको छ । एकाएक कम्पनीको उच्च कारोबार भएपछि यस विषयमा सामाजिक सञ्जालदेखि ब्रोकर हाउससम्म कारोबार समयमा नै खैलाबैला मच्चिएको थियो । एक लगानीकर्ताले क्लबहाउसमा लामो समय पछि जलविद्यसत कम्पनीको उच्च सेयर संख्यामा कारोबार भएको पहिलो पटक भएको दाबी गरे ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यसैगरि, आज  ब्रोकर हाउसहरुमा पनि यो कम्पनी निकै सोधखोज भएको थियो । कम्पनीले गत वर्ष शतप्रतिशत अर्थात एक बराबर एक कित्ता सेयर हकप्रद निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर गत चैत २२ गते नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेमा कम्पनीको कुल १ करोड ४२ लाख ७९ हजार ७०० कित्ता सेयर सूचिकृत भएको थियो ।  

यससँगै यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ४७ करोड ६० लाख पुगेको छ । यस्तै गत चैत २९ गते संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि गत चैत २९ गते समाप्त भएको थियो । बजार जानकारहरुले कम्पनीका संस्थापकहरुले लक इन अवधि खुलेसँगै दोस्रो बजारमा सेयर बिक्री गरेकाले आज कम्पनीको उच्च कारोबार भएको बताएका छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

आज कम्पनीको सेयर नीभ सेक्यूरिटिजबाट साढे सात लाख बराबर, नासा सेक्यूरिटिजबाट करिब साढे ३ लाख सनी र इम्पेरियल सेक्यूरिटिबाट करिब ३/३ लाखको दरले कारोबार भएको छ । यसरी ब्रोकर फ्लोरसिट् विश्लेष्ण गर्दा कम्पनीको सेयर ठूला ब्रोकरहरुबाट बाँडिएर नै कारोबार भएको छ । यो कम्पनीको भृकृटी स्टक डिलर , आशुतोश ब्रोकेज एण्ड सेक्यूरिटिज र नासा सेक्यूरिटिजबाट नै उच्च बिक्री भएको छ । यस विषयमा बोल्दै नेप्सेका प्रवक्ता मूराहरी पराजुलीले बलेफी हाइड्रोको उच्च कारोबार हुनुको पछि कुनै विशेष कारण नभएको र यो नियमित कारोबार भएको बताए । पराजुलीले अक्सन तथा हकप्रदबाट आएको सेयर बिक्री भएको कारण उच्च कारोबार देखिएको बताए । ब्रोकर हाउसमा नै भेटिएका एक लगानीकर्ताले अक्सनमा सस्तोमा सेयर परेका लगानीकर्ताले राम्रौ मूल्यमा सेयर बेचेको प्रतिकृया दिए ।

सामाजिक सञ्जालमा रमेश भट्टराई नाम गरेका लगानीकर्ताले भने,‘लकिङ खुलेकै दिन प्रमोटर भाग्नु भनेको हाईड्रोमा ५१ प्रतिशतको नियम बनाउनु पर्ने सेबोनले बुझोस् ।’  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.