बिहीबार, असार १२,२०८२ 06:36:50
  • बिहीबार, असार १२,२०८२ 06:36:50
Global IME Bank Limited

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित !

Hyundai Nepal
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित !
Nabil Bank Limited

काठमाण्डौ । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को विरोध गरिरहेका सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित भएका छन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझबाट सुरु भएको संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित देखिएका हुन् ।

CG Motors
Muktinath Bikas Bank Limited

बैठक सरकार सञ्चालनका विषयमा दुई दलबीच देखिएको शंका चिर्नमा केन्द्रीत रहने ठानिएको थियो । पछिल्लो समय कांग्रेसका शीर्ष नेताहरुमध्ये गगन थापाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन् । उनकै तारन्तारको आलोचनाबाट तर्सिएको एमालेको योजनामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको हो ।  

बैठकमा एमालेको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।

कांग्रेसको तर्फबाट चाहिँ सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।  

संयन्त्रकै सदस्य भएर पनि आजको बैठकमा महामन्त्री थापा अनुपस्थित हुनुलाई 'अर्थपूर्ण' रुपमा हेरिएको छ । 

थापा निकट स्रोतले भने राजधानीबाहिर रहेका कारण फर्किन समय लाग्ने भएकोले उनी बैठकमा सहभागी हुन नसकेको प्रष्ट्याएको छ ।  

पछिल्लो समय महामन्त्री गगन थापाले सरकारको गति ट्याक्टरको जस्तो भएको, प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्न थालेका, सरकारकै कमजोरीका कारण काठमाण्डौमा आन्दोलनै आन्दोलन भइरहेका भन्दै निरन्तर आलोचना गरिरहेका छन् । उनले मन्त्रिपरिषद बैठकदेखि उच्चस्तरीय राजनीतिक संयन्त्रसम्म प्रधानमन्त्रीले एउटा कुरा गर्ने, तर काम चाहिँ उल्टो गर्ने गरेको भन्दै सार्वजनिक रुपमै पटक पटक आक्रोश पोखिरहेका छन् । यिनै आक्रोशहरुलाई मत्थर पार्नलाई एमाले नेताहरुको योजनामा संयन्त्रको बैठक राखिए पनि प्रमुख पात्र थापा नै अनुपस्थित भएका हुन् ।  

थापाको अनुपस्थितिले गठबन्धनको भविष्यलाई लिएर कांग्रेसभित्र नयाँ खालको मतभेद सिर्जना हुन थालेको हो कि भन्ने आशंकालाई समेत बल पुगेको छ ।  

एमालेसँगको सहकार्यको विषयमा कांग्रेसकै प्रभावशाली नेता डा. शेखर कोइरालाले सुरुवाती दिनदेखि नै आलोचना गर्दै आएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.