आईतवार, असार १४,२०८३ 06:59:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:59:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पोखरा फाइनान्सको नाफा ७.१९ करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक

Laxmi Sunrise Bank Limited
पोखरा फाइनान्सको नाफा ७.१९  करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक

काठमलाण्डौ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १७ करोड २३ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी १०.२५ प्रतिशतले बढ्दै २६ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने १ करोड ५९ लाख रुपैयाँबाट घटेर ४८ लाख ३० हजारमा सीमित बनेको छ ।  

कम्पनीको अन्य सञ्चालन आम्दानी ७३ लाख ८६ हजारबाट बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो आवमा ७ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी २२ करोड ५ लाख रुपैयाँले धनात्मक बनेको छ ।  

New Office
CG Motors
Garima Development Bank

१ अर्ब ८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ६३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्म कम्पनीको रिजर्भको आकार भने ९१ करोड १२ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीको निक्षेप संकलन भने १३ अर्ब १९ करोडबाट घटेर ६ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह पनि ६ अर्ब ८८ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८६ करोडमा सीमित बनेको छ । कम्पनीको खराब कर्जा अनुपात चुलिएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३१.२५ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँले ऋणात्मक र वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी १४.३० प्रतिशतले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.८७ प्रतिशत,प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७२५.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६२.४३ गुणा र तरलता अनुपात १२.३६ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.