काठमाण्डौ । क्यानाडाको आम चुनाव अघि चार दिनको अग्रिम मतदानमा रेकर्डतोड क्यानाडाली नागरिकहरूले भाग लिएका छन्। यो अग्रिम मतदान सोमबार समाप्त हुँदैछ।
क्यानाडाको आम चुनावको लागि भोटिङ अप्रिल २८ मा हुँदैछ, तर त्यहाँ अग्रिम मतदानको नियम छ । जस अन्तर्गत मानिसहरूले आफ्नो मतदान गर्न सक्छन्।
यो निर्वाचनलाई देशको सबैभन्दा महत्वपूर्ण निर्वाचनको रुपमा हेरिएको छ । अहिले क्यानडाले अमेरिकाबाट भारी भन्सार शुल्कको सामना गरिरहेको छ र राष्ट्रपति ट्रम्पले क्यानडालाई अमेरिकामा विलय गर्ने धम्की दिइरहेका बेला यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
लिबरल पार्टीका नेता र पूर्व केन्द्रीय बैंकर मार्क कार्नी हाल चुनावमा अगाडि छन् । तर उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी पियरे पोइलिभ्रेले पनि जनताबाट राम्रो समर्थन पाइरहेका छन्।
हाल क्यानडाका प्रधानमन्त्री मार्क कार्नी छन् । मार्क कार्नीले क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेका थिए। ट्रुडोले आफ्नै पार्टीको बढ्दो दबाबका कारण जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।