काठमाण्डौ । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयीभएका हुन् ।
यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ,बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् ।
महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने,महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्य समिती चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमा बढाउँदै व्यवसायीका समस्या समाधानको प्रयास गर्ने बताए ।