काठमाण्डौ । फागुन महिनाको तुलनामा चैतमा बजारमा करेक्सन आउदा सरकारलाई पूँजीबजारबाट उठ्ने राजश्व पनि गुमेको छ । फागुन महिनाको तुलनामा चैत महिनमा झण्डै ६३ करोडले सरकारको राजश्व कम उठेको छ । सीडीएससीले उपलब्ध गराएको तथ्यांकअनुसार सरकारले चैत महिनमा पूँजी बजारबाट ६९ करोड ३५ लाख ८० हजार ८२५ रुपैयाँ राजश्व उठाएको छ । फागुन महिनामा भने सररकारले पूँजी बजारबाट १ अर्ब ३३ करोड २ लाख ३७ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो ।
चैत्र महिनामा पनि सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले ४१ करोड ११ लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले २१ कर तिरका छन् । त्यसैगरि, कर्पोरेट सँस्थाहरुले ७ करोड ४५ लाख र स्टक डिलरहरुले ८ करोड १ लाख कर तिरेका छन् ।
धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत,दीर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् । यस हिसाबले हेर्दा सरकारले अल्पकालिन लगानीकर्ताबाट हरेक महिना बढी राजस्व उठाएको छ ।