सोमबार, जेष्ठ ४,२०८३ 11:56:38
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:56:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकको कारवाहीमा पर्यो पोखरा फाइनान्स, पूर्व सीईओ गुरुङलाई ५ लाख जरिवाना

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकको कारवाहीमा पर्यो पोखरा फाइनान्स, पूर्व सीईओ गुरुङलाई ५ लाख जरिवाना
Shivam Cement

काठमाण्डौ । पोखरा फाइनान्स र कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ)राष्ट्र बैंकको कारवाहीमा परेका छन् । राष्ट्र बैंकले अनिवार्य मौज्दात रकम कायम नगरेको तथा पूर्व सीईओ रविचन्द्र गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको तथा स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएको जनाएको छ ।  

कम्पनीले २०८१ माघ १३ गतेदेखि २६ गतेसम्मको अवधिमा नियामकिय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ४६ हजार ७१८.२३ रकम जरीवाना लगाएको छ ।  

यस्तै राष्ट्र बैंकले कम्पनीका पूर्व सीईओ रविचन्द्र गुरुङलाई कारवाही स्वरुप ५ लाख जरिवाना तिराइएको छ । राष्ट्र बैंकले स्थलगत प्रतिवेदनको निरीक्षणबाट औंल्याइएका कैफियतहरुको सन्दर्भमा संस्थाको समग्र व्यवस्थापनको प्रमुख जिम्मेृवारीमा रहेका सीईओ गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएकाले उनलाई सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नरहेकालाई उनलाई कारवाही गरेको हो । गुरुङलाई राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ को खण्ड (ग) बमोजिमको कारबाही गरिएको हो ।  

Bizshala
New Office
CG Motors

गत पुस मसान्तमा संस्थाको निष्कृय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग( बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको थियो । सोही क्रममा पूर्व सीईओ गुरुङलाई ५ लाख नगद जरिवानासहित सीईओ पदबाट बर्खास्त गरिएको थियो ।  

रविचन्द्र गुरुङ सीईओबाट बर्खास्त भएसँगै गत फागुन २६ गते बसेको कम्पनीको सञ्चालक समितिको ५४७ औं बैठकले प्रकाश गुरुङलाई कम्पनीको रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त भएका थिए ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पोखरा फाइनान्सको ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो अवधिमा कम्पनीको निक्षेप संकलन भने १३ अर्ब १९ करोडबाट घटेर ६ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ । कम्पनीलाई शीघ्र सुधारात्मक कारवाहीअन्तर्गत नयाँ निक्षेप तथा कर्जा खाता खोल्न रोक लगाइएकाले निक्षप तथा कर्जामा कमी आएको देखिएको छ । कम्पनीबाट हुने कर्जा प्रवाह पनि ६ अर्ब ८८ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८६ करोडमा सीमित बनेको छ ।

यस्तै कम्पनीलाई नयाँ निक्षेप तथा कर्जा प्रवाहमा समेत रोक लगाइएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

प्राथमिक पूँजीकोष ५० देखि ७० प्रतिशतले घटेकाले कम्पनी राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारवाहीमा परेको छ ।  

यस्तै कम्पनीको कम्पनीको खराब कर्जा अनुपात चुलिएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३१.२५ प्रतिशत पुगेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँले ऋणात्मक र वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी १४.३० प्रतिशतले ऋणात्मक अवस्थामा छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.