काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन नगर्ने भएका छन् । शीर्ष नेताहरू बैठकमा सहभागी हुन नसकेपछि प्रधानमन्त्रीले संसदको पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो ।
संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।