सोमबार, बैशाख १५,२०८२ 04:23:34
IME remit
  • सोमबार, बैशाख १५,२०८२ 04:23:34
IME remit
Global IME Bank Limited

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

Hyundai Nepal
द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन,उद्यमशीलता र दिगो विकासलाई प्रवद्र्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको उपस्थितिमा भएको सम्झौताले दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, ब्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषिप्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उद्देश्य लिएको छ । साथै,स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन गर्ने, उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा ब्यवसायिक संस्थाहरुबीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशिल सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोडिदिने कार्यको थालनी हुनेछ ।’ त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भनिन्, ‘यो समझदारी हाम्रो समुदायकालागिरूपान्तरणकारी कदमहो। टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउनेछ ।’

टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख गणेश पौडेलले पनि आफूहरु नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकोले यो साझेदारी महत्वपूर्ण रहेको बताए ।

Muktinath Bikas Bank Limited

समझदारी अनुसार, दुबै संस्थाले संयुक्त रूपमा‘स्टिरिङ कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याङ्कनको जिम्मा लिनेछन् । प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ भने, दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिनेछ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.