मंगलवार, श्रावण १९,२०८३ 02:10:25
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:10:25
Bizshala
Global IME Bank Limited

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट

भारतले आक्रमण गर्ने डरमा पाकिस्तानी लगानीकर्ता, सेयर बजारमा भारी गिरावट
New Office

काठमाण्डौ । पाकिस्तानको सेयर बजारमा भारी गिरावट आएको छ । आज पाकिस्तानको सेयर बजार मापक केएसई–१०० इन्डेक्स २.६९ प्रतिशत अर्थात ३ हजार ८८ अंकले घटेको छ ।  

यो गिरावटसँगै केएसई–१०० इन्डेक्स १ लाख ११ हजार ७८३.८५ विन्दुमा सीमित बनेको छ ।  

जम्मू कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपश्चात भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने डरका कारण लगानीकर्ता आत्तिदा पाकिस्तानको सेयर बजारमा भारी गिरावट आएको जनाइएको छ ।  

पाकिस्तानको टपलाइन सेक्युरिटिजका प्रमुख कार्यकारी मोहमद सोहेलले केही दिनभित्र भारतले आक्रमण गर्न सक्ने खबर पैलिएकाले सेयर बजार घटेको बताए । यस्ते एकेडी सेक्युरिटिजका अनुसन्धान निर्देशन आवेस असरफले पनि भारतले पाकिस्तानमा शैन्य कारवाही गर्न सक्ने र यो खबरलाई सूचनामन्त्रीले नै बताएपछि लगानीकर्ता झनै आतंकित भएको उनले बताए ।  

मंगलबार भारत सरकारले आफ्नो सेनालाई पहलमान आक्रमणविरुद्ध स्वतन्त्र रुपमा कारवाही गर्न सक्ने अधिकार प्रदान गरेको थियो ।  

अघिल्लो दिन भने पाकिस्तानको सेयर बजार बढेको थियो । अन्तराष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई थप १.३ अर्ब डलरको आर्थिक सहायता प्रदान गर्न मे २९ मा बैठकल बसेसँगै सो दिन पाकिस्तानको सेयर बजार बढेको थियो ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.