काठमाण्डौ । रेशम चौधरीलाई पक्राउका लागि पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत पक्राउ परेका छन् । सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाण्डौ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
उनले चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न पत्र लेखेपछि प्रहरीले रेशम चौधरीलाई आज पक्राउ गरेको थियो । विष्ट हाल प्रहरीको हिरासतमा छने् र उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनी लेखिएको पत्र अनधिकृत रहेको जनाएको छ ।