बुधबार, बैशाख १७,२०८२ 10:44:27
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 10:44:27
IME remit
Global IME Bank Limited

कमजोर नेतृत्वका कारण प्राधिकरणको कार्यशैलीमा सुस्तता, बीमकहरुको विजनेश रिपोर्ट सार्वजनिकमा ढिलाई

Hyundai Nepal
कमजोर नेतृत्वका कारण प्राधिकरणको कार्यशैलीमा सुस्तता, बीमकहरुको विजनेश रिपोर्ट सार्वजनिकमा ढिलाई
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नयाँ अध्यक्ष पाएपनि कार्यशैली तीव्र र प्रभावकारी बनाउन सकेको छैन । पछिल्लो समय प्राधिकरणको कार्यशैलीमा सुस्तता छाएको छ ।  

प्राधिकरणको कार्यशैली चुस्त दुरुस्त हुन नसक्दा बीमकहरुलाई अप्ठ्यारोमा पारेको देखिएको छ । प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाको नेतृत्व कमजोर हुँदा प्राधिकरणबाट सार्वजनिक हुने रिर्पोटहरु पेन्डिङमा रहेका छन् ।  

प्राधिकरणले बीमकहरुको व्यवसायको रिर्पोट प्रत्येक महिना सकिएलगत्तै अर्को महिनाको पहिलो सातासम्म सार्वजनिक गर्दै आइरहेको छ । तर प्राधिकरणले चैत मसान्त अर्थात् चालु आवको तेस्रो त्रैमाससम्मको विजनेश रिर्पोट हालसम्म पनि सार्वजनिक गर्न सकेको छैन ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यता जीवन बीमा कम्पनीहरुबाट प्रत्येक महिना हुने बीमा पोलिसी सरेण्डरको डाटा समेत प्राधिकरणले प्रकाशित गर्न नसक्दा बीमा विज्ञहरुले प्राधिकरणको कार्यशैलीमा नै प्रश्न उठाउन थालेका छन् ।  

बीमकहरुको चैत मसान्तसम्मको व्यवसाय रिर्पोट झण्डै तेस्रो सातासम्म पनि प्राधिकरणले प्रकाशित गरेको छैन । यसबाट बीमक, बीमित र सेयरधनीहरु सूचना प्राप्त गर्नबाट बञ्चित भएका छन् ।

यता प्राधिकरणले भने अर्थमन्त्रालयबाट भएको इकोनोमिक सर्भिसको कामले गर्दा केही कामहरु रोकिएर ढिलाई हुन पुगेको बताएको छ । उक्त कार्य सकिएर अब केही दिनमा नै बीमकहरुको व्यवसाय र सरेण्डरको तथ्याङ्क सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।  

Muktinath Bikas Bank Limited

प्राधिकरणमा शरद ओझा अध्यक्ष बनेसँगै प्राधिकरणको कार्यशैलीमा नै सुस्तता आएको बीमा कम्पनीहरुले गुनासो गर्न थालेका छन् । बीमा कम्पनीका पुनर्बीमाको फाइलहरु कार्यसम्पादनमा ढिलाई हुँदा अप्ठ्यारोमा परेको बीमकहरुको गुनासो छ ।  

साथै प्राधिकरणमा बीमा कम्पनीहरुको वित्तीय विवरण समेत स्वीकृत हुन ढिलाई हुन थालेको छ । वित्तीय विवरण स्वीकृत हुन नसक्दा बीमकहरुले लाभांश सम्बन्धी निर्णय घोषणा गर्न सकिरहेका छैनन् । हालसम्म १३ बीमा कम्पनीले मात्रै लाभांश सम्बन्धी निर्णय गरेका छन्, भने अझैपनि आधा बीमकले सो सम्बन्धी निर्णय गर्न बाँकी छन् ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.