काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना गरी गरिवी निवारण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारीका अवसर सिर्जना गरिने बताएका हुन् ।
उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने पौडेलले बताए ।
‘आगामी आवमा रोजगारीको अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रबर्द्धन गरिनेछ’ उनले भने, ‘उच्च दिगो र फराकिलो आर्थिक बृद्धिका लागि सार्वजनिक नीति साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा माौद्रिक नीतिबीच सामन्जस्यता कायम गरिनेछ ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।