बिहीबार, बैशाख ३,२०८३ 12:41:13
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:41:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा स्वदेशी संस्थागत लगानीकर्ताको स्वामित्व विदेशी लगानीकर्ताको भन्दा बढी पुग्यो

Bizshala
भारतमा स्वदेशी संस्थागत लगानीकर्ताको स्वामित्व विदेशी लगानीकर्ताको भन्दा बढी पुग्यो
Shivam Cement

काठमाण्डौ । भारतमा स्वदेशी संस्थागत लगानीकर्ता(डीआईआई)को स्वामित्व विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)भन्दा बढी पुगेको छ । यस्तो पछिल्लो १५ वर्षमा पहिलोपटक भएको हो । गत मार्च ३१ सम्म नेशनल स्टक एक्सचेञ्ज(एनएसई)मा सूचीकृत कम्पनीहरूमा डीआईआईको स्वामित्व बढेर १७.६२ पुगेको छ।  

डीआईआईमा बीमा कम्पनीहरू र म्युचुअल फण्डहरु समावेश छन्। डीआईआईले हालका वर्षहरूमा खुद्रा लगानीकर्ताहरूबाट निरन्तर पैसा प्राप्त गर्दै आएका छन्। एफपीआई स्वामित्व भने १७.२२ प्रतिशत रहेको छ ।  

डीआईआईको संख्या वृद्धिले भारतीय सेयर बजारमा विश्वबजारको प्रभाव कम हुनेछ । ग्लोबल संकेत को प्रभाव कम गर्न सक्छ। एफपीआईले पैसा निकाल्दा डीआईआईले बजार व्यवस्थापन गर्न मद्दत गर्ने जनाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पहिले, जब विदेशी संस्थागत लगानीकर्ताले सेयर बजारबाट आफ्नो पैसा निकाल्दा भारतीय बजारमा ठूलो गिरावट आउने गर्थ्यो। तर, अब डीआईआईले त्यो गिरावटलाई रोक्न मदत गर्नेछ । डीआईआईले भारतीय बजारको आधारभूत कुरा बुझ्ने भएकाले त्यहि अनुसार लगानी गर्ने जनाइएको छ।  

पछिल्ला केही वर्षहरूमा खुद्रा लगानीकर्ताहरूले म्युचुअल फण्ड र बीमा उत्पादनहरूमा ठूलो लगानी गरेका छन्। यसले डीआईआईलाई भारतीय सेयर बजारमा बलियो बन्न मद्दत गरेको छ।  

CG Motors
Garima Development Bank
IME remit

भारतको म्युचुअल फण्ड उद्योगको सम्पत्ति (एयूएम) मा ठूलो वृद्धि भएको छ। मार्च २०२३मा म्युचुअल फण्डको सम्पत्ति १५.१७ लाख करोड भारु थियो, जुन मार्च २०२५ मा बढेर २९.४५ लाख करोड भारु रुपैयाँ पुगेको छ यो ९४ प्रतिशतको वृद्धि हो। एनएसईमा सूचीकृत कम्पनीहरूमा म्युचुअल फण्डको अंश पनि १०.३५ प्रतिशतले बढेको छ ।

बढ्दो ब्याजदर र बलियो डलरका कारण एफपीआईहरूले पछिल्लो समय भारतीय बजारबाट निरन्तर पैसा झिकिरहेका छन्। उनीहरुको स्वामित्व १७.२२ प्रतिशतमा झरेको छ । जुन पछिल्लो १२ वर्षमा सबैभन्दा कम हो। एफपीआईले भारतको बजारबाट १,१६,५७४ करोड भारु निकालेका छन्।  

यससँगै एफपीआई र डीआईआई स्वामित्वको अनुपात १ बाट ०.९८ मा घटेको छ। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.