भारतीय सेयर बजारमा यो वर्षकै उच्च वृद्धि
काठमाण्डौ । भारत–पाकिस्तानबीचको युद्धविरामको प्रभाव स्वरुप आज भारतीय बजारमा उच्च वृद्धि देखिएको छ । आज भारतको सेयर बजार मापक सेन्सेक्स इन्डेक्स ३.५० प्रतिशत अर्थात २ हजार ७८१ अंकले बढेको छ । यससँगै सेन्सेक्स इनडेक्स ८२ हजार २३५ विन्दुमा पुगेको छ । यो वृद्धि यस वर्षको सेन्सेक्सको हालसम्मकै उच्च हो । यसअघि सेन्सेक्स गत अप्रिल १५ मा २.१० प्रतिशत अर्थात १ हजार ५७७ अंकले बढेको...