शनिबार, असार १४,२०८२ 06:09:42
  • शनिबार, असार १४,२०८२ 06:09:42
Global IME Bank Limited

पूँजीगत लाभकर बढेपछि भारतको सेयर बजारमा लगातार दुई दिन गिरावट

Hyundai Nepal
पूँजीगत लाभकर बढेपछि भारतको सेयर बजारमा लगातार दुई दिन गिरावट
Nabil Bank Limited

काठमाण्डौ । भारतमा बजेट सार्वजनिक भएको एक दिनपछि त्यहाँको सेयर बजारमा गिरावट आएको छ । आज भारतको सेयर बजार इन्डेक्स २८० अंकले घटेर ८० हजार १४८ विन्दुमा बन्द भएको छ ।  

त्यस्तै ५० जटा कम्पनीको कारोबार हुने निफ्टी५० पनि ६५ अंकले घटेर २४ हजार ४१३ विन्दुमा बन्द भएको छ । सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये आज २० वटाको सेयरमूल्यमा गिरावट आयो भने १० वटामा मात्रै वृद्धि भयो । निफ्टीको ५० वटा कम्पनीको सेयरमध्ये आज ३० वटामा गिरावट आयो भने २० वटाको सेयरमूल्य मात्रै बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज एनएसईको समूहगत इन्डेक्समा बैंकिङ समूहमा सबैभन्दा धेरै अर्थात ०.८९ प्रतिशतको गिरावट आयो । यस्तै नीजि बैंक समूहमा ०.७६ प्रतिशत,वित्त सेवामा ०.६० र एफएमसीजी समूहमा ०.५३ प्रतिशतको गिरावट आयो । आज मिडिया समूहमा सर्वाधिक अर्थात २.४७ प्रतिशतको वृद्धि देखियो ।  

अघिल्लो दिन भारतकी अर्थमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा अल्पकालिन लगानीकर्ताका लागि पूँजीगत लाभकर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको थियो । त्यस्तै दीर्घकालिन पूँजीगत लाभकर पनि १० प्रतिशतबाट बढाएर १२.५ प्रतिशत पुर्याइएको छ । हिजो पनि भारतको सेयर बजारमा गिरावट आएको थियो । हिजो इन्ट्रा डे कारोबारमा निफ्टी ४३५ अंक घटेको थियो । तर पछि सम्हालिदै निफ्टी ३० अंकको गिरावटका साथ २४ हजार ४९७ विन्दुमा बन्द भएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.