सोमबार, श्रावण १८,२०८३ 11:41:20
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:20
Bizshala
Global IME Bank Limited

चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?

चुनाव नजिकिएसँगै भारतको सेयर बजार आज पनि अल टाइम हाईमा, के कारणले बढ्दैछ ?
New Office

काठमाण्डौ । भारतमा लोकसभा निर्वाचन नजिकिएसँगै भारतको सेयर बजारमा उछाल आईरहेको छ । भारतको सेयर बजार पहिलोपटक ७५ हजार विन्दुमाथि पुगेको छ ।  

आज भारतको सेन्सेक्स ७५ हजार १२४ विन्दु र निफ्टी २२ हजार ७६५ विन्दुको अद टाइम हाईको उचाईमा पुगेको छ । आज सुरुवाती कारोबारको क्रममा सेन्सेक्सका ३० वटा कम्पनीको सेयरमध्ये २६ मा वृद्धि देखियो भने ४ वटामा मात्रै गिरावट आयो ।  

अघिल्लो दिन पनि भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो । यस दिन सेन्सेक्स ७४ हजार ८६९ र निफ्टी २२ हजार ६९७ विन्दुमा पुगेका थिए । तर कारोबारको अन्त्य भने सेन्सेक्सले ७४ हजार ७४२ र निफ्टीले २२ हजार ६६६ विन्दुमा गरेका थिए ।  

भारतमा भारतीय जनता पार्टी(बिजेपी)को सरकार आउने विश्वासका साथ लगानीकर्ताको मनोबल उच्च भएकाले सेयर बजार वृद्धि भईरहेको भारतीय मिडियाले बताएका छन् ।  

यसका साथै विदेशी लगानीकर्ताले समेत भारतीय बजारमा लगानी बढाएकाले त्यहाँको सेयर बजार बढ्न पुगेको हो । पछिल्लो सेसनमा भारतीय बजारमा विदेशी लगानीकर्ताले १ हजार ६५९.२७ करोड भारु लगानी गरेका छन् । जसले मार्केटको सेन्टिमेन्ट सकारात्मक बनेको छ ।  

त्यस्तै अमेरिकी केन्द्रीय बैंक फेटले मार्च महिनामा ब्याजदरमा कटौती गर्ने सम्भावना बढी भएकाले समेत भारतको सेयर बजारमा वृद्धि देखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.