सोमबार, श्रावण १८,२०८३ 11:42:45
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:42:45
Bizshala
Global IME Bank Limited

२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण

२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण
New Office

काठमाण्डौ । कम्पनीहरुले पूँजी जुटाउन प्राथमिक बजारमा आईपीओ जारी गर्ने गर्छन् । प्रायःकम्पनीहरुले जारी गर्ने आईपीओमा लगानीकर्ताको आकर्षण देखिने गर्छ । यस्तो आईपीओहरु कम्पनीले जुटाउने पूँजीको आकार र कम्पनीको प्रोफाइलका आधारमा चर्चामा रहने गर्छन् ।  

अहिले यस्तै चर्चा भारतको एक कम्पनीको आईपीओको भईरहेको छ । भारतमा यतिबेला रिसोर्सफुल अटोमोबाइल नामक कम्पनीको आईपीओको निकै चर्चा भईरहेको छ । यो कम्पनी आकारमा निकै सानो छ । केवल २ वटा मात्रै शोरुम र ८ वटा कर्मचारी भएको यो कम्पनीको आईपीओमा ४ हजार ८ सय करोड भारुको बोली लागेको छ ।  

१२ करोड रुपैयाँको एसएमई आईपीओमा लगानीकर्ताको यति धेरै रकमका लागि बोली लगाएका हुन् । बजारबाट पैसा जुटाउनका लागि कम्पनीले गत अगस्ट २२ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । यो कम्पनीको आईपीओको आकार ११.९९ करोड भारु थियो तर अन्तिम दिनसम्म ४१८ गुणाले आभेरसब्सक्राइब्ड भएको थियो । 

यो आईपीओमा लगानीकर्ताले ४ हजार ७६८.८८ करोड भारुका लागि आवेदन दिएका छन् । यसमध्ये रिटेल क्याटेगोरीमा २ हजार ८२५.११ करोड भारु र अन्य क्याटेगोरीमा १ हजार ७९६.८५ करोड भारुबराबरको आवेदन परेको छ ।  

कम्पनीले फेस भ्यालु १० रुपेयाँ भारुको १० लाख २४ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

यो कम्पनीको स्थापना सन् २०१८ मा भएको थियो । कम्पनीले ठूला–ठूला कम्पनीको बाइक,स्पोट्स बाइक र स्कुटर बिक्री गर्ने गर्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.