शनिबार, असार १४,२०८२ 05:52:46
  • शनिबार, असार १४,२०८२ 05:52:46
Global IME Bank Limited

२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण

Hyundai Nepal
२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । कम्पनीहरुले पूँजी जुटाउन प्राथमिक बजारमा आईपीओ जारी गर्ने गर्छन् । प्रायःकम्पनीहरुले जारी गर्ने आईपीओमा लगानीकर्ताको आकर्षण देखिने गर्छ । यस्तो आईपीओहरु कम्पनीले जुटाउने पूँजीको आकार र कम्पनीको प्रोफाइलका आधारमा चर्चामा रहने गर्छन् ।  

अहिले यस्तै चर्चा भारतको एक कम्पनीको आईपीओको भईरहेको छ । भारतमा यतिबेला रिसोर्सफुल अटोमोबाइल नामक कम्पनीको आईपीओको निकै चर्चा भईरहेको छ । यो कम्पनी आकारमा निकै सानो छ । केवल २ वटा मात्रै शोरुम र ८ वटा कर्मचारी भएको यो कम्पनीको आईपीओमा ४ हजार ८ सय करोड भारुको बोली लागेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

१२ करोड रुपैयाँको एसएमई आईपीओमा लगानीकर्ताको यति धेरै रकमका लागि बोली लगाएका हुन् । बजारबाट पैसा जुटाउनका लागि कम्पनीले गत अगस्ट २२ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । यो कम्पनीको आईपीओको आकार ११.९९ करोड भारु थियो तर अन्तिम दिनसम्म ४१८ गुणाले आभेरसब्सक्राइब्ड भएको थियो । 

यो आईपीओमा लगानीकर्ताले ४ हजार ७६८.८८ करोड भारुका लागि आवेदन दिएका छन् । यसमध्ये रिटेल क्याटेगोरीमा २ हजार ८२५.११ करोड भारु र अन्य क्याटेगोरीमा १ हजार ७९६.८५ करोड भारुबराबरको आवेदन परेको छ ।  

कम्पनीले फेस भ्यालु १० रुपेयाँ भारुको १० लाख २४ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

यो कम्पनीको स्थापना सन् २०१८ मा भएको थियो । कम्पनीले ठूला–ठूला कम्पनीको बाइक,स्पोट्स बाइक र स्कुटर बिक्री गर्ने गर्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.