शनिबार, असार १४,२०८२ 05:51:51
  • शनिबार, असार १४,२०८२ 05:51:51
Global IME Bank Limited

भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली

Hyundai Nepal
भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारमा ठूलो गिरावट आएको छ । आज भारतको सेयर बजारमा करिब १८ सय अंभन्दा बढीको गिरावट आएको छ ।  

यो समाचार तयार पार्दासम्म भारतको सेयर बजारमा मापक इन्डेक्स सेन्सेक्स २.१३ प्रतिशत अर्थात १७ सय ८७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८२ हजार ४६७ विन्दुमा सीमित बनेको छ ।  

यस्तै ५० वटा कम्पनीको सेयर कारोबार हुने निफ्टी५० पनि २.१९ प्रतिशत अर्थात ५५९ अंकले घटेको छ । यो गिरावटसँगै निफ्टी २५ हजार २४९ विन्दु कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज भारतको सेयर बजारमा अटो,फाइनान्स र बैंकिङ समूहमा भारी गिरावट आएको छ । टाटा मोटर्स,बजाज फाइनान्स र मारुती जस्ता कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।  

यो साता भारतको सेयर बजारमा २५ सय अंकको गिरावट आईसकेको छ । इराक र इरानको युद्धका कारण विश्व सेयर बजारको सेन्टिमेन्ट यतिबेला नकारात्मक बनेको छ । यसैको प्रभाव भारतको सेयर बजारमा समेत देखिएको छ ।  

आज जापानको सेयर बजारमा भने हरियाली छाएको छ । जापानको निक्की२२५ इन्डेक्स १.९७ प्रतिशत अर्थात ७४३ अंकले बढेको छ । यो वृद्धिसँगै निक्की ३८ हजार ५५२ विन्दुमा पुगेको छ ।  

यस्तै आज हङकङकको हाङसेङ इन्डेक्स २.४३ प्रतिशत र कोरियाको कोस्पी इन्डेक्स १.२२ प्रतिशतले घटेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.