शनिबार, असार १४,२०८२ 05:58:11
  • शनिबार, असार १४,२०८२ 05:58:11
Global IME Bank Limited

भारतको सेयर बजार हालसम्मकै उच्च, तीव्र पुनरागमन गर्दै लगातार ३ दिन उछाल

Hyundai Nepal
भारतको सेयर बजार हालसम्मकै उच्च, तीव्र पुनरागमन गर्दै लगातार ३ दिन उछाल
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजारमा लागातार तेस्रो दिन उछाल आएको छ । आज भारतको बम्बे स्टक एक्सचेञ्जको ३० वटा कम्पनीको सेयर कारोबार हुने सेन्सेक्स इन्डेक्स हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  

त्यस्तै नेशनल स्टक एक्सचेञ्जको निफ्टी पनि वृद्धि भएको छ । आजको कारोबारमा सेन्सेक्स इन्डेक्स १६१८ अंकको वृद्धिका साथ ७६ हजार ६९३ विन्दुमा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो । साथे आज निफ्टी पनि ४६८ अंकले बढेर २३ हजार २९० विन्दुमा पुग्यो ।  

लोकसभा निर्वाचनको मतपरिणाम आउने दिन राजनीतिक उचारचढावका कारण गत मंगलबार भारतको सेयर बजारमा व्यापक गिरापट आएको थियो । तर त्यदिनपछि भने भारतको सेयर बजारले पुनरासगमन गर्दै नयाँ उचाई चुमेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

आज सेन्सेक्सले ७५०३१.७९ विन्दुका साथ कारोबारको सुरुवात गरेको थियो । चुनावि नतिजा आउनु एकदिन अघि सेन्सेक्स इन्डेक्स अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सेन्सेक्स इन्डेक्स ७६ हजार ६९३ विन्दुमा पुगेको थियो ।  

आज निफ्टीमा कारोबार भएका मध्ये महिन्द्रा एण्ड महिन्द्राको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ५.३८ प्रतिशतले बढ्यो । यससँगै कम्पनीको सेयरमूलय प्रतिकित्ता २ हजार ८४० भारु कायम भएको छ ।  

त्यस्तै विप्रोको सेयरमूल्य ४.९९ र टेक महिन्द्राको सेयरमूल्य ४.१८ प्रतिशतले बढ्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.