सोमबार, श्रावण १८,२०८३ 11:41:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:51
Bizshala
Global IME Bank Limited

भारतको सेयर बजार पहिलोपटक ८० हजार विन्दुमाथि , ७ महिनामा १० हजार अंकले बढ्यो

भारतको सेयर बजार पहिलोपटक ८० हजार विन्दुमाथि , ७ महिनामा १० हजार अंकले बढ्यो
New Office

काठमाण्डौ । भारतको सेयर बजारले पहिलोपटक ८० बजार विन्दु पार गरेको छ । आज भारतको सेयर बजारले लगातार दोस्रो दिन अल टाइम हाईको उचाई चुमेको हो ।  

आजको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ५०० अंकले बढ्दै ८० हजार ७४ विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी ५० पनि १५० अंकले बढेदै २४ हजार ३ सय विन्दुमा पुगेको छ ।  

सेन्सेक्मा कारोबार हुने ३० वटा कम्पनीमध्ये.आज २५ वटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने ५ वटामा गिरावट आएको छ । आज बैंकिङ,मेटल तथा अटो कम्पनीहरुको सेयरमूल्यमा वृद्धि आएको छ । एचडीएफसी बैंकको सेयरमूल्य ३ प्रतिशतले बढेको छ । आईटी र उर्जासँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा भने आज गिरावट आएको छ ।  

अघिल्लो कारोबार दिन पनि भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो । सेन्सेक्सलाई ७० हजार विन्दुबाट ८० हजार विन्दुमा पुग्न ७ महिनाको समय लागेको छ । सन् २०२३ को डिसेम्बर ११ मा सेन्सेक्स इन्डेक्स ७० हजार विन्दुमा कायम थियो । सेन्सेक्सलाई ६० देखि ७० हजार विन्दु पुग्न भने २ वर्ष भन्दा बढीको समय लागेको थियो ।  

यो वर्ष भारतको सेयर बजारमा १० प्रतिशतको वृद्धि आएको छ भने गत वर्ष २२ प्रतिशतको उछाल आएको थियो ।  

आज एशियाली सेयर बजारमा पनि वृद्धि देखिएको छ । आज जापानको निक्की ०.८८ प्रतिशत, ताइवानको बजार १.०२ प्रतिशत कोरियाको कोप्सी ०.३० र हङकङको ह्याङसेङ पनि ०.७२ प्रतिशतले बढेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.