शनिबार, असार १४,२०८२ 05:40:29
  • शनिबार, असार १४,२०८२ 05:40:29
Global IME Bank Limited

भारतको सेयर बजार पहिलोपटक ८० हजार विन्दुमाथि , ७ महिनामा १० हजार अंकले बढ्यो

Hyundai Nepal
भारतको सेयर बजार पहिलोपटक ८० हजार विन्दुमाथि , ७ महिनामा १० हजार अंकले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारले पहिलोपटक ८० बजार विन्दु पार गरेको छ । आज भारतको सेयर बजारले लगातार दोस्रो दिन अल टाइम हाईको उचाई चुमेको हो ।  

आजको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ५०० अंकले बढ्दै ८० हजार ७४ विन्दुमा पुगेको छ । त्यस्तै निफ्टी ५० पनि १५० अंकले बढेदै २४ हजार ३ सय विन्दुमा पुगेको छ ।  

सेन्सेक्मा कारोबार हुने ३० वटा कम्पनीमध्ये.आज २५ वटा कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने ५ वटामा गिरावट आएको छ । आज बैंकिङ,मेटल तथा अटो कम्पनीहरुको सेयरमूल्यमा वृद्धि आएको छ । एचडीएफसी बैंकको सेयरमूल्य ३ प्रतिशतले बढेको छ । आईटी र उर्जासँग सम्बन्धित कम्पनीहरुको सेयरमूल्यमा भने आज गिरावट आएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो कारोबार दिन पनि भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको थियो । सेन्सेक्सलाई ७० हजार विन्दुबाट ८० हजार विन्दुमा पुग्न ७ महिनाको समय लागेको छ । सन् २०२३ को डिसेम्बर ११ मा सेन्सेक्स इन्डेक्स ७० हजार विन्दुमा कायम थियो । सेन्सेक्सलाई ६० देखि ७० हजार विन्दु पुग्न भने २ वर्ष भन्दा बढीको समय लागेको थियो ।  

यो वर्ष भारतको सेयर बजारमा १० प्रतिशतको वृद्धि आएको छ भने गत वर्ष २२ प्रतिशतको उछाल आएको थियो ।  

आज एशियाली सेयर बजारमा पनि वृद्धि देखिएको छ । आज जापानको निक्की ०.८८ प्रतिशत, ताइवानको बजार १.०२ प्रतिशत कोरियाको कोप्सी ०.३० र हङकङको ह्याङसेङ पनि ०.७२ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.