शनिबार, असार १४,२०८२ 06:16:57
  • शनिबार, असार १४,२०८२ 06:16:57
Global IME Bank Limited

भारतको सेयर बजारले रच्यो इतिहास, पहिलोपटक पुग्यो नयाँ उचाईमा

Hyundai Nepal
भारतको सेयर बजारले रच्यो इतिहास, पहिलोपटक पुग्यो नयाँ उचाईमा
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारले इतिहास रचेको छ । आजको इन्ट्रा डे कारोबारमा भारतको सेयरले पहिलोपटक नयाँ उचाई चुमेको छ । आज सेन्सेक्स इन्डेक्सले पहिलोपटक ७९ हजार विन्दुको उचाई छुँदै इतिहास रचेको हो ।  

सेन्सेक्स इन्डेक्सलाई नै पछ्याउँदै निफ्टी५० ले पनि दैनिक नयाँ रेकर्ड राखिरहेको छ । आज निफ्टी५० पनि २४ हजार विन्दुमा पुगेको छ ।  

अहिले सेन्सेक्स ४०० अंकले बढदे ७९ हजार १ सय विन्दुमा कारोबार भईरहेको छ । निफ्टीमा पनि १०० अंकभन्दा बढीको वृद्धि देखिएको छ । आज सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये २२ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज मेटल र आईटी सेक्टरका कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

केहि कम्पनीका सेयरले बजारलाई महत्वपूर्ण सर्पोट प्रदान गरिरहेका छन् । यी कम्पनीमध्ये अल्ट्राटेक सिमेन्ट पहिलो स्थानमा रहेको छ । यो कम्पनीको सेयरमूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै जेएसडब्लू स्टिल, रिलायन्स,कोटक बैंक,टाटा स्टिल,बजाज फाइनान्स र टाटा मोटर्स जस्ता कम्पनीहरुको सेयरमूल्य पनि वृद्धि भईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.