सोमबार, श्रावण १८,२०८३ 11:40:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:04
Bizshala
Global IME Bank Limited

भारतको सेयर बजारले रच्यो इतिहास, पहिलोपटक पुग्यो नयाँ उचाईमा

भारतको सेयर बजारले रच्यो इतिहास, पहिलोपटक पुग्यो नयाँ उचाईमा
New Office

काठमाण्डौ । भारतको सेयर बजारले इतिहास रचेको छ । आजको इन्ट्रा डे कारोबारमा भारतको सेयरले पहिलोपटक नयाँ उचाई चुमेको छ । आज सेन्सेक्स इन्डेक्सले पहिलोपटक ७९ हजार विन्दुको उचाई छुँदै इतिहास रचेको हो ।  

सेन्सेक्स इन्डेक्सलाई नै पछ्याउँदै निफ्टी५० ले पनि दैनिक नयाँ रेकर्ड राखिरहेको छ । आज निफ्टी५० पनि २४ हजार विन्दुमा पुगेको छ ।  

अहिले सेन्सेक्स ४०० अंकले बढदे ७९ हजार १ सय विन्दुमा कारोबार भईरहेको छ । निफ्टीमा पनि १०० अंकभन्दा बढीको वृद्धि देखिएको छ । आज सेन्सेक्समा कारोबार हुने ३० वटा कम्पनीको सेयरमध्ये २२ वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज मेटल र आईटी सेक्टरका कम्पनीहरुको सेयरमूल्यमा वृद्धि देखिएको छ ।  

केहि कम्पनीका सेयरले बजारलाई महत्वपूर्ण सर्पोट प्रदान गरिरहेका छन् । यी कम्पनीमध्ये अल्ट्राटेक सिमेन्ट पहिलो स्थानमा रहेको छ । यो कम्पनीको सेयरमूल्य ३.१६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै जेएसडब्लू स्टिल, रिलायन्स,कोटक बैंक,टाटा स्टिल,बजाज फाइनान्स र टाटा मोटर्स जस्ता कम्पनीहरुको सेयरमूल्य पनि वृद्धि भईरहेको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.