काठमाण्डौ । भारतको सेयरबजार अल टाइम हाईको उचाईमा पुगेको छ । भारतको सेन्सेक्स र निफ्टी५०, दुवै इक्विटी बेन्चमार्कले आज अल टाइम हाईको उचाई हासिल गरेका हुन् ।
आजको सुरुवाती कारोबारमा ०.४२ प्रतिशतले बढेर ८६ हजार ६५ विन्दुमा पुगेको छ भने निफ्टी५० पनि ८९ अंकले बढेर २६ हजार २९१ विन्दुमा कायम भएको छ ।
सेप्टेम्बर त्रैमासमा भारतको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा राम्रो देखिएकाले लगानीकर्ताको मनोबल उकासिएसँगै सेयरबजारमा हरियाली देखिएको हो । जुलाई–सेम्टेम्बर त्रैमासमा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत कायम भएको छ । जुन प्रक्षेपण गरिएको भन्दा अधिक हो । उपभोक्ता खर्चमा भएको वृद्धि र स्थानिय चाडपर्व अघि उत्पादनमा देखिएको उछालका कारण आर्थिक वृद्धिलाई टेवा पुगेको जनाइएको छ ।
गत बिहिबार पनि भारतका दुवै सेयरबजार मापक इन्डेक्सले अल टाइम हाईृको उचाई चुमेका थिए ।

