सोमबार, श्रावण १८,२०८३ 11:54:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:47
Bizshala
Global IME Bank Limited

अर्थतन्त्र सबल बनेसँगै भारतको सेयरबजार नयाँ उचाईमा

अर्थतन्त्र सबल बनेसँगै भारतको सेयरबजार नयाँ उचाईमा
New Office

काठमाण्डौ । भारतको सेयरबजार अल टाइम हाईको उचाईमा पुगेको छ । भारतको सेन्सेक्स र निफ्टी५०, दुवै इक्विटी बेन्चमार्कले आज अल टाइम हाईको उचाई हासिल गरेका हुन् ।

आजको सुरुवाती कारोबारमा ०.४२ प्रतिशतले बढेर ८६ हजार ६५ विन्दुमा पुगेको छ भने निफ्टी५० पनि ८९ अंकले बढेर २६ हजार २९१ विन्दुमा कायम भएको छ ।

सेप्टेम्बर त्रैमासमा भारतको आर्थिक वृद्धि अपेक्षा गरेभन्दा राम्रो देखिएकाले लगानीकर्ताको मनोबल उकासिएसँगै सेयरबजारमा हरियाली देखिएको हो । जुलाई–सेम्टेम्बर त्रैमासमा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत कायम भएको छ । जुन प्रक्षेपण गरिएको भन्दा अधिक हो । उपभोक्ता खर्चमा भएको वृद्धि र स्थानिय चाडपर्व अघि उत्पादनमा देखिएको उछालका कारण आर्थिक वृद्धिलाई टेवा पुगेको जनाइएको छ ।  

गत बिहिबार पनि भारतका दुवै सेयरबजार मापक इन्डेक्सले अल टाइम हाईृको उचाई चुमेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.