शनिबार, असार १४,२०८२ 05:58:10
  • शनिबार, असार १४,२०८२ 05:58:11
Global IME Bank Limited

भारतको सेयर बजार निरन्तर ओरालो लाग्दै, हङकङ र जापानको भने वृद्धि

Hyundai Nepal
भारतको सेयर बजार निरन्तर ओरालो लाग्दै, हङकङ र जापानको भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारको गिरावट आज पनि जारी रहेको छ । आज सेन्सेक्स इन्डेक्स ८०८ अंकले घटेर ८१ हजार ६८८ विन्दुमा सीमित बनेको छ ।  

यस्तै निफ्टी५० पनि २०० अंकले घटेर २५ हजार ४९ विन्दुमा झरेको छ । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २१ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज निफ्टीका ५० वटा कम्पनीमध्ये ३७ वटाको सेयरमूल्य घट्यो भने १३ वटाको बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज आईटी सेक्टरबाहेक अन्य समूहमा गिरावट आयो । मिडियो समूह आज सर्वाधिक अर्थात २.५३ प्रतिशतले घट्यो । आज भारतको सेयर बजारमा विदेशी लगानीकर्ताले १५ हजार २४३ करोड भारुबराबरको सेयर बिक्री गरेका छन् ।  

अघिल्लो दिन पनि सेन्सेक्स १७६९ अंक र निफ्टी५० ५४६ अंकले घटेको थियो ।  

आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स ०.२२ प्रतिशत अर्थात ८३ अंकले बढेको छ । यस्तै हङकङको हाङसेङ इन्डेक्स २.८२ प्रतिशत र कोरियाको कोस्पी इन्डेक्स ०.३१ प्रतिशतले बढेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.