शनिबार, असार १४,२०८२ 06:00:28
  • शनिबार, असार १४,२०८२ 06:00:28
Global IME Bank Limited

भारतको सेयर बजार हालसम्मकै उच्च, पाकिस्तानमा पनि बुल मार्केटको दबदबा

Hyundai Nepal
भारतको सेयर बजार हालसम्मकै उच्च, पाकिस्तानमा पनि बुल मार्केटको दबदबा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीपश्चात भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज इन्ट्रा डे कारोबारका क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८३ हजार ७७३ र निफ्टी २५ हजार ६११ विन्दुमा पुगेको छ ।  

यससँगै भारतको सेयर बजारले लगातार २ दिन अल टाइम हाईको उचाई चुमेको हो । आज भारतको सेयर बजार सेन्सेक्स अन्त्यसमा भने २३६ अंकले बढेर ८३ हजार १८४ विन्दुमा बन्द भयो । त्यस्तै निफ्टी पनि आज ३८ अंकले बढेर २५ हजार ४१५ विन्दुमा बन्द भयो । आज भारतको सेयर बजारमा उर्जा, बैंकिङ र अटो कम्पनीहरुको सेयरमूल्यमा तीव्र वृद्धि देखियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार बढेर ८३ हजार ३२६ विन्दुमा पुगेको थियो । सेन्सेक्सको क्लोजिङ हाई भने सेप्टेम्बर १७ मा कायम भएको थियो । त्यसदिन सेन्सेक्स ८३ हजार ७९ विन्दुमा पुगेको थियो । त्यसदिन निफ्टी पनि २५ हजार ४१८ को विन्दुमा पुगेको थियो ।  

यस्तै आज पाकिस्तानको सेय। बजारमा समेत उछाल आएको छ । पाकिस्तानको सेयर बजार पनि अल टाइम हाईको नजिक पुगेको छ । आज इन्ट्रा डे कारोबारमा पाकिस्तानको सेयर बजार सूचक केएसई–१०० इन्डेक्स १४ सय अंकले बढेको थियो ।    

आज जापानको सेयर बजार पनि २.१३ प्रतिशतले बढ्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.