शनिबार, असार १४,२०८२ 06:06:38
  • शनिबार, असार १४,२०८२ 06:06:39
Global IME Bank Limited

भारतको सेयर बजारमा घरेलु लगानीकर्ताको दबदवा बढ्दै, बिहारमा एकै वर्ष ४९% थपिए

महाराष्ट्रमा सर्वाधिक ३.३४ करोड

Hyundai Nepal
भारतको सेयर बजारमा घरेलु लगानीकर्ताको दबदवा बढ्दै, बिहारमा एकै वर्ष ४९% थपिए
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजारमा स्थानिय लगानीकर्ताको दबदवा बढ्न थालेको छ । भारतमा दिल्ली,मुम्बई जस्ता ठूला शहरका अलावा जयपुर,इन्दौर, राजकोट,पुणे,हैदराबाद, जस्ता शहरहरुमा घरेलु लगानीकर्ताको नयाँ हटस्पट बनेका हुन् ।  

भारतको सेयर बजार बीएसएक्स र एनएसईको तथ्यांकअनुसार वार्षिक रुपमा बिहार,उत्तर प्रदेश,पश्चिम बंगाल,मध्य प्रदेश र राजस्थानमा सबैभन्दा धेरै रिटेल लगानीकर्ता बढेका छन् । सबैभन्दा धेरै लगानीकर्ता हुनेमा बिहार पनि शीर्ष १० को रुपमा उदाएको छ ।  

भारतमा सबैभन्दा धेरै लगानीकर्ता धेरै महाराष्ट्र राज्यमा छन् । यो राज्यमा ३.३४ करोड रिटेल लगानीकर्ता छन् । यस्तै दोस्रो स्थानमा भने यूपी रहेको छ । यूपीमा १.९६ करोड लगानीकर्ता सक्रिय छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

गुजरातमा १.६७ करोड,राजस्थानमा १.०७ करोड,पश्चिम बंगालमा १.०१ करोड,कर्नाटकमा ९६.२ लाख,मध्य प्रदेशमा ९४ लाख, तमिलनाडूमा ८६.६ लाख र बिहारमा ७१.९ लाख लगानीकर्ता रहेका छन् । वार्षिक रुपमा ििबहारमा सबैभन्दा धेरै लगानीकर्ता थपिएका छन् । एक वर्षको अवधिमा बिहारमा ४९ प्रतिशत नयाँ लगानीकर्ता थपिएका छन् । उत्तर प्रदेशमा ४७ र पश्चिम बंगालमा ३९ प्रतिशत थपिएका छन् ।

यतिबेला भारतको प्रमुख शहरहरुमा नयाँ लगानीकर्ताको संख्या तीव्र रुपमा बढीरहेको छ । भारतका ब्रोकर कम्पनीहरुले पनि साना–साना शहरहरुमा नयाँ ग्राहक खोज्ने क्रम बढाएका छन् । धेरै जसो लगानीकर्ताले फ्युचर फण्ड अप्शनमा लगानी गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.