सोमबार, श्रावण १८,२०८३ 11:39:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:38
Bizshala
Global IME Bank Limited

भारतको सेयर बजारमा घरेलु लगानीकर्ताको दबदवा बढ्दै, बिहारमा एकै वर्ष ४९% थपिए

महाराष्ट्रमा सर्वाधिक ३.३४ करोड

भारतको सेयर बजारमा घरेलु लगानीकर्ताको दबदवा बढ्दै, बिहारमा एकै वर्ष ४९% थपिए
New Office

काठमाण्डौ । भारतको सेयर बजारमा स्थानिय लगानीकर्ताको दबदवा बढ्न थालेको छ । भारतमा दिल्ली,मुम्बई जस्ता ठूला शहरका अलावा जयपुर,इन्दौर, राजकोट,पुणे,हैदराबाद, जस्ता शहरहरुमा घरेलु लगानीकर्ताको नयाँ हटस्पट बनेका हुन् ।  

भारतको सेयर बजार बीएसएक्स र एनएसईको तथ्यांकअनुसार वार्षिक रुपमा बिहार,उत्तर प्रदेश,पश्चिम बंगाल,मध्य प्रदेश र राजस्थानमा सबैभन्दा धेरै रिटेल लगानीकर्ता बढेका छन् । सबैभन्दा धेरै लगानीकर्ता हुनेमा बिहार पनि शीर्ष १० को रुपमा उदाएको छ ।  

भारतमा सबैभन्दा धेरै लगानीकर्ता धेरै महाराष्ट्र राज्यमा छन् । यो राज्यमा ३.३४ करोड रिटेल लगानीकर्ता छन् । यस्तै दोस्रो स्थानमा भने यूपी रहेको छ । यूपीमा १.९६ करोड लगानीकर्ता सक्रिय छन् ।  

गुजरातमा १.६७ करोड,राजस्थानमा १.०७ करोड,पश्चिम बंगालमा १.०१ करोड,कर्नाटकमा ९६.२ लाख,मध्य प्रदेशमा ९४ लाख, तमिलनाडूमा ८६.६ लाख र बिहारमा ७१.९ लाख लगानीकर्ता रहेका छन् । वार्षिक रुपमा ििबहारमा सबैभन्दा धेरै लगानीकर्ता थपिएका छन् । एक वर्षको अवधिमा बिहारमा ४९ प्रतिशत नयाँ लगानीकर्ता थपिएका छन् । उत्तर प्रदेशमा ४७ र पश्चिम बंगालमा ३९ प्रतिशत थपिएका छन् ।

यतिबेला भारतको प्रमुख शहरहरुमा नयाँ लगानीकर्ताको संख्या तीव्र रुपमा बढीरहेको छ । भारतका ब्रोकर कम्पनीहरुले पनि साना–साना शहरहरुमा नयाँ ग्राहक खोज्ने क्रम बढाएका छन् । धेरै जसो लगानीकर्ताले फ्युचर फण्ड अप्शनमा लगानी गरिरहेको भारतीय मिडियाले जनाएका छन् ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.