बिहीबार, बैशाख ३,२०८३ 12:43:10
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:43:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?

Bizshala
पहलगाम हमलापश्चात पाकिस्तानी सेयर बजारमा हाहाकार, भारतीय बजारको कस्तो छ अवस्था ?
Shivam Cement

काठमाण्डौ । भारत र पाकिस्तानबीच बढ्दो तनावको असर दुवै देशको सेयर बजारमा परेको छ । विशेषगरी, अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तानको वित्तीय बजारमा त्रास फैलिएको छ । यो हमलापछि पाकिस्तानको कैएसई–१०० इन्डेक्स करिब ४ प्रतिशतले घटेको छ ।

यस्तै भारतको सेन्सेक्स भने १.५ प्रतिशतले बढेको छ । यसले दुई देशको अर्थतन्त्र कत्तिको फरक छ र कुन लगानीकर्तामा बढी विश्वास छ भन्ने देखाएको विज्ञहरुले बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो । यो हमलाको पछाडि पाकिस्तानी आतंककारीको हात रहेको आरोप लगाइएको छ । घटना पछि, कराची स्टक एक्सचेन्जको केएसई–१०० इन्डेक्स अप्रिल २३ देखि मे ५ को बीचमा ३.७ प्रतिशतले घटेको छ । इकोनोमिक टाइम्सका अनुसार दुवै देशमा मानिसहरु भारत र पाकिस्तानबीच सैन्य कारबाही सुरु हुने त्रासमा छन् ।  

अप्रिल ३० मा पाकिस्तानी सेयर बजार झनै घट्यो । केएसई–१०० परिसूचक ३.०९ प्रतिशतले घट्यो । जुन गिरावट पछिल्ला केही साताकै उच्च थियो । तथापी मे २ मा बजार २.५ प्रतिशतले पुनः बढेपनि विज्ञहरूका अनुसार यो ‘डेड–क्याट बाउन्स’ मात्रै थियो । यसको मतलब बजारमा केही समयको लागि सुधार भएको छ, तर यो टिक्न गइरहेको छैन। भारत–पाकिस्तानबीचको तनाव कम नभएसम्म बजारमा सुधारको आशा कमै हुने विज्ञहरु बताउँछन् ।

CG Motors
Garima Development Bank
IME remit

अर्कोतर्फ, क्षेत्रीय जोखिमको बाबजुद भारतको बीएसई सेन्सेक्स १.५ प्रतिशतले बढ्यो। ब्रोकरेज फर्म आनन्द राठीका अनुसार सन् २००१ मा संसदमा भएको हमला बाहेक पाकिस्तानसँगको तनावको समयमा भारतको सेयर बजार २ प्रतिशतभन्दा बढी घटेको थिएन । अवस्था बिग्रिए पनि निफ्टी ५० मा ५ देखि १० प्रतिशतभन्दा बढी गिरावट नहुने उनको भनाइ छ ।

मुडीज रेटिङ एजेन्सीले भारतसँग बढ्दो तनावले पाकिस्तानको आर्थिक वृद्धिमा असर पार्न सक्ने चेतावनी दिएको छ । साथै आफ्नो आर्थिक अवस्था सुधार्न खोजिरहेको पाकिस्तानी सरकारलाई पनि बाधा पुग्न सक्छ । मुडीजले यो संकट लामो समयसम्म जारी रहे पाकिस्तानलाई बाहिरी मुलुकबाट पैसा लिन समस्या आउन सक्ने र विदेशी मुद्रा सञ्चितिमा पनि दबाब बढ्न सक्ने बताएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.