• शनिबार, भाद्र २८,२०८२ 02:43:46
Global IME Bank Limited

भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा

Hyundai Nepal
भारतको सेयर बजारले ब्रेक गर्यो रेकर्ड, लगातार दुई दिन नयाँ उचाईमा

काठमाण्डौ । छिमेकी देश भारतको सेयर बजारले अल टाइम हाईको उचाई चुमेको छ । आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ४०२ अंकले बढेर ८१ हजार ११९ को विन्दुमा पुगेको छ । यो सेन्सेक्सले चुमेको हालसम्मकै उच्च विन्दु हो ।  

यस्तै निफ्टी५० पनि १२४ अंकले बढेर २४ हजार ७३४ को किर्तीमानी उचाईमा पुगेको छ । आज कारोबारको सुरुवात राम्रो गर्न नसकेको सेन्सेक्सले विस्तारै गति लिदै नयाँ उचाईमा पुगेको छ । आज सेन्सेक्स सुरुवाती सत्रमा २०० अंकले घटेर ८० हजार ५१४ विन्दुमा कारोबारको थालनी गरेको थियो । निफ्टी५० ले पनि ५० अंकको गिरावटका कारोबारको सुरुवात गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत मंगलबार पनि भारतीय सेयर बजारले अल टाइम हाईको उचाईमा चुमेको थियो । हिजो भने भारतीय सेयर बजार बन्द थियो ।  आज कोल इण्डियाको सेयरमूल्य ३ प्रतिशत,बीपीसीएलको २.७१ प्रतिशत र हचयुएलको सेयरमूल्य २.४४ प्रतिशतले बढेको छ । 

एशियाली सेयर बजारले आज मिश्रित प्रदर्शन आईरहेको छ । जापानको निक्की इन्डेक्स १.९९ प्रतिशत र शाङघाई कम्पोजिट ०.४१ प्रतिशतले घटेको छ ।  हङकङको हाङसेङ ०.०५ प्रतिशतले बढेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.