शनिबार, मंसिर ८,२०८१ 03:21:18
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 03:21:18
IME remit
Global IME Bank Limited

सेयर बजारबाट एकै वर्ष १.६ खर्ब डलर कमाएर मालामाल बने भारतीय लगानीकर्ता, बजार पूँजीकरण ४.७ खर्ब डलर

Hyundai Nepal
सेयर बजारबाट एकै वर्ष १.६ खर्ब डलर कमाएर मालामाल बने भारतीय लगानीकर्ता, बजार पूँजीकरण ४.७ खर्ब डलर
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर लगानीकर्ताको सम्पत्ति एक वर्षमै १.६ ट्रिलियन डलरले बढेको छ । भारतको आर्थिक वर्ष सकिनै लाग्दा भारतीय लगानीकर्ताको सम्पत्तिमा व्यापक उछाल आएको हो ।  

भारतीय सेयर बजार पूँजीकरण एक वर्षमै १.६ ट्रिलियन डलर(१३२ लाख करोड भारु)ले बढेको छ । सन् २०२३ अप्रिल र २०२४ को बीचमा बेम्बे स्टक एक्सचेञ्जको बजार पूँजीकरण २६२ लाख करोठड भारुबाट बढेर ३९४ लाख करोड भारु अर्थात ४.७ ट्रिलियन डलर पुगेको छ । यो भारतको मार्केट क्यापमा एक वर्षमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो उछाल हो ।  

भारतीय आर्थिक वर्षको अन्तिम कारोबार दिन हिजो सेन्सेक्स करिब एक प्रतिशत अर्थात ६५५ अंकले बढेर ७३ हजार ६५१ विन्दुमा बन्द भएको थियो । गत ७ मार्चमा यो रेकर्डस्तरमा पुगेको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

भारतीय सेयर बजारमा पुराना कम्पनी र नयाँ सफट्वेयर,एफएमजीसी र निजी बैंकहरुको सेयरमा आकर्षण देखिएको छ । सेन्सेक्स सेयरमा टाटा मोटर्सको सेयरमूल्य दुईगुणाले वृद्धि भएको छ । सरकारी कम्पनी एनटीपीसीको सेयरमूल्य पनि करिब दुई गुणाले वृद्धि भएको छ ।  

अर्कोतर्फ एचयूएल,एशियन पेन्ट्स र कोटक महिन्द्रा बैंकको सेयरले भने लगानीकर्तालाई निराश बनाएको छ । यो आर्थिक वर्षमा भारतको सेन्सेक्स २५ प्रतिशत र निफ्टी २९ प्रतिशतले वृद्धि भएको छ । रियल स्टेट समूह १२९ प्रतिशतले बढ्यो भने यूटिलिटी ९३, पावर ८६ र वित्तीय सेवा समूह २२ प्रतिशतले बढ्यो ।  

चीनको कमजोरीको फाइदा

चीनको सेयर बजारमा आएको गिरावट भारतका लागि बरदान सावित भएको छ । चीनको सेयर बजारको विकल्पको रुपमा विदेशी लगानीकर्ताले भारतको सेयर बजारमा २.१ लाख करोड भारु लगानी गरेका छन् । जुन एक वर्षमा भित्रिएको दोस्रो सबैभन्दा उच्च विदेशी लगानी हो । सन् २०२१ मा भारतको सेयर बजारमा २.७ लाख करोड भारु विदेशी लगानी भित्रिएको थियो ।  

यतिबेला चीनको कमजोर अर्थतन्त्रका कारण त्यहाँको सेयर बजारमा गिरावट आईरहेको छ भने विश्वको कमजोर अर्थव्यवस्थाका बाबजुत भारतको सेयर बजारमा भने निरन्तर उछाल आईरहेको छ । -एजेन्सी

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.