शनिबार, असार २१,२०८२ 11:05:15
  • शनिबार, असार २१,२०८२ 11:05:15
Global IME Bank Limited

अफवाह फैलाएर सेयर बजारबाट लाभ लिने कार्यलाई निरुत्साहित गर्दै सेबी, नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?

Hyundai Nepal
अफवाह फैलाएर सेयर बजारबाट लाभ लिने कार्यलाई निरुत्साहित गर्दै सेबी, नेपाली नियामकको घैटोमा कहिले लाग्ला घाम ?
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’सेबीले सेयर बजारमा फैलने अफवाहका कारण बजारमा पर्ने असरलाई सम्बोधन गर्न नयाँ निर्देशिका जारी गरेको छ । सेबीले मे २१ मा यस्तो निर्देशिका जारी गरेको हो ।  

निर्देशिका अनुसार यदि कुनै अपुष्ट समाचार वा अफवाहका कारण सेयर बजारमा ठूलो परिवर्तन आउँछ भने अफवाह फैलिएको कम्पनीले २४ घण्टाभित्र  त्यस खबरलाई पुष्टि गर्नुपर्ने हुन्छ ।  

कम्पनीले उक्त निर्धारत समयभित्र अफवाहका बारेमा सत्यतथ्य के हो भन्ने बारे जानकारी उपलब्ध गराउनु पर्नेछ । सेबीका अनुसार २४ घण्टाभित्र अफवाहलाई पुष्टि गर्ने नियमअनुसार  स्टकको ‘अन इफेक्टेड प्राइस’ मानिनेछ ।  

‘अन इफेक्टेड प्राइस’ कुनै पनि स्टकको त्यो स्तर हुनेछ, जुन त्यो खबर वा अफवाह नफैलिएको समयमा कायम भएको थियो । सेबीको यो गाइडलाइन १ जुन देखि शीर्ष १०० वटा सूचीकृत कम्पनीमा लागू हुनेछ । यो नियमलाई आगामी डिसेम्बर महिनासम्म १५० वटा कम्पनीमा लागू गरिने जनाइएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कुनै समयमा कुने प्लेटफर्ममा कम्पनीसँग सम्बन्धित केहि यस्ता खबर बाहिरिन्छन्, जसका कारण कम्पनीको सेयरमूल्यमा तीव्र उतारचढाव आउने गर्छ । तर पछि गएर कम्पनीले त्यस्ता खबरलाई नकार्ने गर्छन । कयौं पटक कम्पनीहरुले त्यस्ता खबरका बारेमा आफ्नो धारणा राख्न निकै समय लगाउने गर्छन । जसका कारण लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । यहि ढिलासुस्तीलाई रोक्न र लगानीकर्तालाई त्यस्ता खबरको प्रभावबाट जोगाउनका लागि सेबीले नयाँ गाइडलाइन जारी गरेको जनाएको छ ।    

नेपालमा पनि बेला मौकामा विभिन्न माध्यमबाट अफवाह फैलाएर कम्पनीको सेयरमूल्य प्रभावित पार्दै त्यसबाट फाइदा लिने गरेको पाइन्छ । यसका लागि सेयर खेलाडीहरुले क्लब हाउस, सामाजिक सञ्जाल र खुलेआम रुपमा कम्पनीका बारेमा अपुष्ट खबर फैलाउने गरेका छन् । यस्तो कार्यबाट सोझा लगानीकर्ता फस्ने क्रम बढिरहेको छ ।  

नेपालको नियामकले पनि यस विषयमा उचित कदम चालेर लगानीकर्तालाई अफवाहपूर्ण समाचारको सिकार हुनबाट जोगाउन आवश्यक देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.