सोमबार, श्रावण १८,२०८३ 11:44:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:44:36
Bizshala
Global IME Bank Limited

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर

भारतको सेयर बजारमा टि+0 व्यवस्था लागू,सेयर खरिद-बिक्री भएकै दिन पाइनेछ पैसा र सेयर
New Office

काठमाण्डौ । भारतको सेयर बजारमा टि प्लस 0 व्यवस्था लागू हुने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटी बोर्ड अफ इण्डिया’(सेबी)ले आगामी मार्च २८ देखि सेयर कारोबार राफसाफमा टि प्लस 0 व्यवस्था लागू गर्ने तयारी गरेको हो ।  

यससँगै भारतमा अब सेयर किनबेच भएकै दिन धितोपत्र राफसाफ तथा फस्यौट हुने भएको छ । रिपोर्टका अनुसार सेबीका अध्यक्ष माधवी पुरीले सेयर कारोबारको राफसाफ तत्काल गर्ने व्यवस्था हुन लागेको बताएका हुन् । अहिले भारतमा टि प्लस १ को व्यवस्था रहेको छ । नेपाल लगायत विश्वका अधिकांश देशहरुमा भने टि प्लस २ को व्यवस्था रहेको छ ।  

विश्वमा टि प्लस ० लागू गर्ने भारत, चीन पछिकै दोस्रो देश बन्नेछ । यस बारेमा सेबीले पहिले पनि जानकारी दिएको थियो । सेबीले यो व्यवस्था दुई चरणमा लागू हुने जनाएको छ । पहिलो चरणमा टि प्लस ० राफसाफ प्रणालीलाई दिनको १.३० बजेसम्मको कारोबारका लागि सुरु गरिनेछ । यसमा पैसा र सेयरको सेटलमेन्टको प्रक्रिया साझ ४.३० बजेसम्म पुरा गरिनेछ ।  

त्यस्तै दोस्रो चरणमा वैकल्पिक क्विक सेटलमेन्ट अप्सन हुनेछ । जसमा पैसा र सेयर दुवैलाई ट्रेड–टु–ट्रेड सेटलमेन्ट गरिनेछ ।  

यो प्रक्रियालाई वैकल्पिक आधारमा लञ्च गरिने तयारी भएको छ ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.