शनिबार, असार १४,२०८२ 06:43:02
  • शनिबार, असार १४,२०८२ 06:43:02
Global IME Bank Limited

भारतको सेयर बजार बुल रनमा, लगातार ६ दिन अल टाइम हाई कायम

Hyundai Nepal
भारतको सेयर बजार बुल रनमा, लगातार ६ दिन अल टाइम हाई कायम
Nabil Bank Limited

काठमाण्डौ । भारतको सेयर बजार लागातार ६ दिन नयाँ उचाईमा प्ुगेको छ । आज भारतको सेयर बजार सेन्सेक्स र निफ्टी५० दुवै बढे ।  

आज भारतको सेयर बजार सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ८५ हजार २४७ विन्दुमा पुगेको थियो । त्यस्तै निफ्टी पनि २६ हजार ३२ विन्दुमा पुग्यो । यी दुवै परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेन्सेक्स आज अन्तिममा २५५ अंकले बढेर ८५ हजार १६९  विन्दुमा बन्द भयो । जुन हालसम्मकै क्लोजिङ हाई हो । यस्तै आज निफ्टीले पनि अल टाइम क्लोजिङ हाईको उचाई चुमेको छ । निफ्टी आज ६३ अंकले बढेर २६ हजार ४ विन्दुमा बन्द भयो । अघिल्लो दिन पनि सेन्सेक्स र निफ्टीले अल टाइम हाईको उचाई हासिल गरेका थिए ।  

आज अटो आईटी,उर्जा र बैंकहरुको सेयरमूल्यमा हरियाली छायो ।  

आज अन्य एशियाली सेयर बजारमा समेत वृद्धि देखिएको छ । आज चीनको साङघाई कम्पोजिट इन्डेक्स १.१६ प्रतिशत र हङकङ हाङसेङ इन्डेक्स ०.६८ प्रतिशतले बढे ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.